थप समाचारशुक्रबार, आश्विन १८, २०७०
अखिल क्रान्तिकारीका महासचिव शाहीले माओवादी छाडे
वैद्य माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव कमल शाहीले महासचिव पद र पार्टीसँगको सम्पूण आवद्धता समेत परित्याग गरेको घोषणा गरेका छन् ।
१८ असोजमा विज्ञप्ति जारी गर्दै शाहीले नेकपा–माओवादीले तमाम कार्यकर्तालाई भ्रममा राखेर धोखा दिएको आरोप लगाएका छन् । “नेकपा–माओवादी सैद्धान्तिक हिसावले छद्म अवसरवाद, राजनीतिक हिसावले चरम अकर्मण्यता र पुच्छरवाद तथा संगठनात्मक हिसावले गुटबादको शिकार भएको” विज्ञप्तिमा उल्लेख छ ।
विभाजनताका क्रान्तिको चर्को नारा दिएको नेकपा–माओवादीले एकवर्ष नवित्दै आफ्नो रंग बदलेको पनि शाहीले आरोप लगाएका छन् ।
