समाचारशुक्रबार, आश्विन १८, २०७०
मायाकुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
१८ असोजमा न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै रिटको किनारा नलागेसम्म कतारका लागि नयाँ राजदुत नियुक्त नगर्न समेत सरकारलाई आदेश दिएको छ।
मन्त्रिपरिषद्ले कुटनीतिक मर्यादाविपरित काम गरेको भन्दै कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई केही दिनअघि बर्खास्त गर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध शर्माका वारेस भक्तबहादुर कुँवरले १४ असोजमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
यस्तै सर्वोच्चले १५ दिन भित्र लिखित जवाफ पेश गर्नसमेत सरकारलाई आदेश दिएको छ ।
