समाचारशुक्रबार, आश्विन १८, २०७०
समानुपातिकतर्फको सूची बुझाउने दलहरु १२१ मात्र
संविधानसभा निर्वाचनको समानुपातिक उम्मेदवारका लागि १२१ दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् ।
कार्यकर्ताहरुको जुलुशसहित १७ असोजमा निर्वाचन आयोग पुगेका प्रमुख दलका शीर्ष नेताहरुले आ–आफ्नो पार्टीका तर्फबाट समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाएका थिए ।
त्यस्तै समानुपतिकतर्फको सम्पूर्ण ३३५ स्थानका लागि बन्दसूची पेस गर्ने प्रमुख पाँच दलमात्र छन् । मतदात नामावलीमा नाम नभएपनि समानुपातिक उम्मेदवारका लागि निवेदन दिएका कतिपय दलका प्रतिनिधिहरुलाई प्रक्रिया नपुगेको भन्दै आयोगले उम्मेदवारी नै रद्ध गरेको छ ।
