समाचारआइतबार, आश्विन २०, २०७०

बस दुर्घटनामा चारको मृत्यु, ६० घाइते

हिमालखबर

फाइल तस्वीर

मन्थलीबाट यात्रु बोकेर साँघुटारतर्फ लागेको बस रामेछाप गाविसको बाबियाखर्कस्थित आइतबारे डाँडामा सडकबाट लगभग १५० मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ ।

घटनास्थल सदरमुकाम मन्थलीबाट लगभग १० किलोमिटर पूर्वमा रहेको छ । बसमा दशैँका लागि काठमाडौँबाट घर फर्किएका मानिसहरु रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा रामेछाप जिल्ला गोठगाउँ गाविस–१ की १९ वर्षीया गोमा भण्डारी र ओखलढुङ्गा जिल्ला कुन्तावेँसीकी अनुशा विकको पहिचान भएको छ भने अन्य दुईको सनाखत हुन सकेको छैन् ।

भण्डारी र विकको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसमा सवार अधिकांश यात्रु ओखलढुङ्गाका रहेको प्रहरीले जनाएको छ ।

“गाडी स्टार्ट बन्द भयो र पछाडि सर्‍यो, म छतमा थिएँ, छतबाट हामफाले गाडी भीरबाट तल खस्यो, म बेहोस भएछु”– घाइते यात्रु सुशील विकले भने ।

छतमा रहेका अधिकांश यात्रुहरु गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।

घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पताल, मन्थली डाइग्नोस्टिक सेन्टर, रामेछाप सहकारी अस्पताल र साहारा सहकारी अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>