थप समाचारआइतबार, आश्विन २०, २०७०

अलकायदा नेता लिवियाबाट पक्राउ

हिमालखबर

सन् १९९८ मा केन्या र ताञ्जानियास्थित अमेरिकी दूतावासमा बम विष्फोट गराएको अभियोग लागेका अलकायदा नेता अनस अल लिवीलाई अमेरिकी सेनाले लिबियाबाट शनिबार पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी सरकारले लिवीमाथि ५० लाख डलरको पुरस्कार राखेको थियो । वास्तविक नाम नाजिहअब्दुल हमिद अलराघी भएका लिवीलाई अमेरिकी जासुसी संस्था एफबीआईले सर्वाधिक खोजी भएका आतंककारीको सूचीमा राखेको थियो । उनी उग्रवादी संगठन अलकायदा सञ्चालन गर्ने मुख्य व्यक्तिमध्येका मानिन्छन् ।

दारेसलामा र नैरोवीमा रहेका अमेरिकी दूतावासमा ७ अगस्त १९९८ मा बम विष्फोट गराएको आरोपमा उनीमाथि न्युयोर्कस्थित जिल्ला अदालतमा मुद्दासमेत चलाइएको छ । विष्फोटनमा २०० भन्दा बढी व्यक्ति मारिएका थिए ।

४९ वर्षीय लिवीलाई अमेरिका लैजाने तयारी भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>