समाचारआइतबार, आश्विन २०, २०७०

छिमेकी मुलुकको सुरक्षाबारे टिप्पणी गरिएकै छैनः सेना

हिमालखबर

प्रधानसेनापपति राणाले भारत भ्रमण (१३–१९ असोज) का बेला टाइम्स अफ इण्डियालाई दिएको अन्तर्वार्तामा ‘आफ्नै समस्यामा रुमल्लिएको चीन भारतभित्र घुस्न नसक्ने’ जस्ता अभिव्यक्ति दिएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएका थिए ।

२० असोजमा सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुको सुरक्षा र सोसँग सम्बन्धित विषयमा टिप्पणी गर्दै अन्तर्वार्ता दिएको भन्ने समाचार भ्रामक र तथ्यहिन भएको बताएको छ ।

“सप्ताहव्यापी उक्त भ्रमणका दौरान प्रधानसेनापति श्री राणाले सञ्चार जगतलाई कुनै किसिमको औपचारिक अन्तर्वाता नदिएको हुंदा उक्त टिकाटिप्पणी आफैंमा अप्रासङ्गिक तवरले संप्रेषण गरेको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

“नेपाली सेना एक पेशेवर, अराजनीतिक र संविधानले प्रदत्त गरेका अधिकार क्षेत्रभित्र रही नागरिक सर्वाेच्चतालाई सम्मान गर्ने संस्था हो,” विज्ञप्तिमा थप भनिएको छ, “नेपाली सेना वा नेपाली सेनाको नेतृत्वले त्यस प्रकृतिको गैर जिम्मेवारीपूर्ण टिकाटिप्पणी गर्ने संभावना नै नरहेको र त्यस प्रकृतिको टिकाटिप्पणी सैनिक नेतृत्वबाट नभएको यथार्थ सबैलाई जानकारी गराईन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>