समाचारसोमबार, आश्विन २१, २०७०
आलमको स्वास्थ्य अवस्था चिन्ताजनक
१८ असोजमा अपरिचित व्यक्तिले प्रहार गरेको गोली लागेर घाइते भएका बारा–४ का एमाले उम्मेदवार महमुद आलमको शिक्षण अस्पतालमा बरिष्ठ चिकित्सक भगवान कोइरालाको नेतृत्वमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै एमाले काठमाडौँ उपत्यका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले आलमको स्वास्थ्य अवस्था बिगँ्रदै गएको र भेन्टिलेटरमा राखिएको जानकारी दिएका छन् ।
रासस
