समाचारबुधबार, आश्विन २३, २०७०

एम्बुलेन्समा रक्सी

हिमालखबर

काठमाडाँैबाट गौरतर्फ फर्केको एम्बुलेन्समा २३ असोजमा घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिवनगरको टोलीले रुपमा जाँच गर्दा ना १ झ ९६७ नम्बरको एम्बुलेन्सबाट ३० लिटर घरेलु मदिरा बरामद भएको हो ।

दुई महिलाले मदिरा गौर पु¥याइ दिन आग्रह गर्दै भाडावापत रु १०० दिएपछि आफूले ल्याएको चालक नवलकिशोर यादवले प्रहरीलाई बताएका छन् । घरेलु मदिरासहित एम्बुलेन्सलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको इलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>