थप समाचारबुधबार, आश्विन २३, २०७०
आधा किलो भन्दा बढी सुनसहित पक्राउ
भेरी अञ्चल प्रहरी कार्यालयको टोलीले देउडाकला—४, बर्दियाका बिहारीलाल थारू (३६) लाई कालिका– ५ बाट २१ असोजमा पक्राउ गरेपछि २२ असोजमा सार्वजनिक गरेको हो । उनीसँगबाट ६८५.८ ग्रामको सुनको ढिक्का बरामद भएको प्रहरीले जनाएको छ ।
३३ लाख ३९ हजार ६२९ रूपैयाँ बजार मूल्यको सुन प्रहरीले बर्दिया भन्सार कार्यालयमा बझुाएको छ । थारूले कण्ठपुर नाकाबाट भारत निकासी गर्न लागेको उक्त सुन माछागढका रामबहादुर शाहीले दशैं खर्च दिने आश्वासन दिएर आफूलाई भरिया बनाइ पुर्याउन लगाएको बयान दिएका छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
