समाचारबुधबार, आश्विन २३, २०७०
समानुपातिक उम्मेदवारी अस्वीकार
एमाओवादी केन्द्रीय कमिटी सदस्य गंगा कार्कीले आफूलाई जानकारी नै नदिई समानुपातिकतर्फको उम्मेदवार बनाएको र आफू उम्मेद्वार हुँदा दोलखाका बिभिन्न जातजाति, उत्पीडित वर्ग र महिलाप्रति घात हुने भन्दै आफूले उम्मेदवारी अस्वीकार गरेको बताएका छन् ।
२२ असोजमा विज्ञप्ति जारी गर्दै उनले आफू पार्टीको जिम्मेवार कार्यकर्ता भए पनि आफू उम्मेदवार भएको कुरा पत्रपत्रिका मार्फत जानकारी पाउनु आफैमा विडम्बनापूर्ण रहेको उल्लेख गरेका छन् ।
आफ्नो नीहित स्वार्थको लागि पहिचान र संघीयताको मर्ममाथि प्रहार गर्न खोज्ने र त्यसबारे भ्रम सृजना गर्ने गैर राजनीतिक चरित्रको भण्डाफोरको लागि आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
दोलखा क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फका आकांक्षी कार्कीले पार्टीबाट टिकट नपाएपछि असन्तुष्ट बनेका छन् । एमाओवादीले दोलखा–१ बाट विदेश विभाग सदस्य विशाल खड्कालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
सर्मिला बुढाथोकी, दोलखा
