समाचारबुधबार, आश्विन २३, २०७०

बागी उम्मेदवारमाथि कडा कारबाही हुन्छ: काँग्रेस सभापति

रासस

प्रेस युनियन चितवनले २३ असोजमा भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले आधिकारिक उम्मेदवारविरुद्ध बागी भई लड्नेलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने सम्भावना नभएको बताए ।

आफूले उम्मेदवारी दिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व जिल्ला सभापति विकास कोइरालाले उम्मेदवारी दिएका छन् ।

काँग्रेसको विधानमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरिने उल्लेख छ । चितवन क्षेत्र नम्बर ३ र ४ बाट बागी उम्मेदवारी दिएका विकास कोइरालाले क्षेत्र नम्बर ३ बाट भने अन्तिम समयमा मनोनयन फिर्ता लिएका थिए । पार्टी सभापति कोइरालाले जिल्लाका पाँचै क्षेत्रमा विजय हासिल गर्न विभिन्न तह र तप्कासँग छलफल गर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>