समाचारबिहीबार, आश्विन २४, २०७०

एमाले उम्मेदवार आलमको निधन

हिमालखबर

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएका एमाले केन्द्रीय सदस्य एवम् मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष महमुद आलमको मध्याह्न १२ बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको छ ।

अस्पतालमा रहेका एमाले नेताहरुले उनको शव केही बेर पार्टी केन्द्रीय कार्यालय बल्खुमा राखी अन्त्येष्टिका लागि गृहजिल्ला लैजाने बताएका छन् ।

बाराको ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका आलमलाई १८ असोजमा बाराको परवानीपुरस्थित चावसती खाद्य उद्योग नजिकै मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कञ्चटमा गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका आलमलाई वीरगञ्जमा प्रारम्भिक उपचारपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>