समाचारबिहीबार, आश्विन २४, २०७०
कर्मचारीहरुलाई जिल्लाबाहिर जान रोक
मन्त्रिपरिषद्को २४ असोजमा बसेको बैठकले ४ मंसीरको संविधानसभा निर्वाचनलाई लक्षित गरेर कर्मचारीहरुलाई विभागीय प्रमुख र जिल्ला शिक्षा अधिकारीको अनुमति लिएर मात्रै जिल्ला बाहिर जान निर्देशन दिएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख माधवप्रसाद रेग्मीलाई उद्योग वाणिज्य मन्त्रालयको सचिवमा र सार्वजनिक खरिद अनुगमन कार्यालयका धनबहादुर तामाङलाई शान्ति तथा पुन निर्माण मन्त्रालयको सचिवमा बढुवा गरेको सूचना तथा सञ्चरामन्त्री माधव पौडेललेजानकारी दिए ।
बैठकले विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष गणेशमान गुरुङले दिएको राजीनामा १८ कात्तिकबाट लागु हुने गरी स्वीकृत गरेको छ ।
यस्तै लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थमन्त्रालय लगायतका सचिवहरुलाई विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय सेमिनार तथा गोष्ठिमा भाग लिन अनुमति दिएको छ ।
