समाचारशुक्रबार, आश्विन २५, २०७०

जनताले जिम्मेवारी वहन गर्नुपर्छः नेता नेपाल

हिमालखबर

कोटेश्वरमा २५ असोजमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ महिनाभित्र संविधानको खाका बनाई एक वर्षभित्र घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सवैको अधिकार सुनिश्चित हुने लोकतान्त्रिक संविधान निर्माणका लागि एमालेलाई विजयी गराउन पनि आग्रह गरे ।

दशैंका अवसरमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले कुनै एउटा सांस्कृतिक समुदायको चाडपर्वले अन्य समुदायमा पनि सकारात्मक प्रभाव पार्ने भन्दै यसले राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा चलचित्रकर्मी लय सङ्ग्रौलाले विगतको गल्ती दोहो¥याउन नहुने बताउँदै राष्ट्रिय व्यक्तित्व र मुलुकको जिम्मेवार दललाई जिताउन आह्वान गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>