समाचारशुक्रबार, आश्विन २५, २०७०
लोकतान्त्रिक शक्तिले जित्नुपर्छः देउवा
काठमाडौंको छत्रपाटीमा आयोजित कार्यक्रममा कांग्रेस नेता शेरबहादुर देउवाले सबैको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक संविधान आवश्यक भएको र त्यसका लागि लोकतान्त्रिक शक्तिको बहुमत हुनु आवश्यक रहेको बताएका छन् ।
देउवाले निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीलाई निर्वाचनका बेला कसैलाई पनि बाधा नगर्न आग्रह गरे ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले देशमा स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक संविधान बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि लोकतान्त्रिक शक्तिले नै आगामी संविधानसभा निर्वाचन जित्नुपर्नेमा जोड दिए ।
उनले विगतका ठुल्ठूला आन्दोलनको नेतृत्व गरेको काँग्रेसलाई आगामी निर्वाचनमा विजयी गराएर संविधान निर्माणको जिम्मेवारी दिन सबैसँग आग्रह गर्नुभयो ।
रासस
