समाचारशुक्रबार, आश्विन २५, २०७०

साहित्यिक कार्यक्रममा दुई माओवादीबीच हात हालाहाल

हिमालखबर

लमजुङको माहिन्द्री प्रगतिशिल साहित्य संगमले २५ असोजमा आयोजना गरेको साहित्य सम्मेलनमा नेकपा–माओवादीका जिल्ला ईन्चार्ज मोहनहरी पौडेलले मन्तव्य राख्दै गर्दा एमाओवादी कार्यकर्ताले माइक खोस्नुको साथै कविता लेखिएको कागजसमेत च्यातिदिएका छन् ।

साहित्य सम्मेलनलाई एमाओवादीले चुनावी सभाको रुपमा प्रयोग गरेको पौडेलको दाबी छ । वैद्य माओवादीका हिमालय पराजुली लगायतलाई एमाओवादी कार्यकर्ताले मुक्का समेत प्रहार गरेका थिए ।

एमाओवादीका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर दुईका उम्मेदवार पारसमणी पौडेल, कास्की–१ का उम्मेदवार विष्णु पौडेललगायत सहभागी भएको कार्यक्रममा साहित्य समाजका सल्लाहकार समेत रहेका नेकपा माओवादी लमजुङका ईन्चार्ज मोहनहरी पौडेलले कविता बाचनअघि मन्तब्य राख्दै गर्दा माइक खोसेर कविता वाचन गर्नबाट रोकिएको आयोजक संस्थाका अध्यक्ष रामकृष्ण घिमिरेले समेत स्वीकार गरे ।

पौडेलले कविता वाचन गर्नुअघि भाषण गरी एमाओवादीलाई आरोप लगाउन थालेपछि माईक खोसेको उनले बताए ।

विगत ३४ बर्ष देखि ईशानेश्वरमा हरेक दशैँको फुलपातीमा प्रगतिशिल साहित्य सम्मेलन हुँदै आएको छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>