समाचारशुक्रबार, आश्विन २५, २०७०

युएईका युवराज राजधानीमा

हिमालखबर

पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आएका युएईका युवराज शेख मोहमद बिन हमाद बिन मोहमद अल सर्कीलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरेका छन् ।

अल सर्की युएईको फुजैरा राज्यका युवराज हुन । युएईका छवटै राज्यमा राजपरिवारका उच्च सदस्यले शासन सम्हाल्ने कानूनी व्यवस्था छ ।

युएईमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू रहेका कारण पनि त्यहाँका युवराजको नेपाल भ्रमण महत्वपूर्ण मानिएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार युएईमा एकलाख ५० हजार नेपाली कार्यरत छन् । नेपालीहरू निर्माण, सुरक्षा, सेवा प्रदायक क्षेत्र र कलकारखानामा काम गरिरहेका छन् । औसतमा उनीहरूको मासिक तलब रु १८ देखि ३० हजार छ ।

२०३४ साल पुसमा नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको युएई नेपाली युवाका निम्ति वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको प्रमुख देश भएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>