थप समाचारआइतबार, आश्विन २७, २०७०

गुप्तेश्वर गुफामा एक टनको शालिग्राम

हिमालखबर

मुस्ताङको झोङ गाविसका निर्माण व्यवसायी ङुटुङ टाइगरले आप्mनो जग्गा खन्ने क्रममा भेटिएको एक टन तौल भएको शालिग्राम गुफा व्यवस्थापन समितिलाई निःशुल्क प्रदान गरेपछि ट्याक्टरमा राखेर ल्याई गुफामा विधिपूर्वक स्थापना गरिएको छ ।

गुफा परिसरमा शङ्ख, चक्र, गदा, पद्मसहितका एक दर्जन नागको शिरअङ्कित झन्डै दुई मिटर उचाइको स्तम्भ निर्माण गरी शालिग्राम राखिएको छ । शालिग्रामलाई सो स्तम्भमा राख्नका लागि के्रनको प्रयोग गरिएको गुफा व्यवस्थापन समितिका सचिव विष्णु पौडेलले जानकारी दिए ।

विरलै पाइने यति ठूलो शालिग्रामको दर्शन गर्न गुफामा भक्तजनको भीड लाग्ने गरेको छ । हिन्दू धर्मअनुसार शालिग्रामलाई भगवान विष्णुको अवतार मानिन्छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>