थप समाचारआइतबार, आश्विन २७, २०७०

नेपालमा ‘फाइलिन’ को प्रभाव

हिमालखबर

‘फाइलिन’ आँधीका कारण दशैंको बेला पनि मुलुकका विभिन्न भागमा पानी परिरहेको छ र दशैं वातावरण विगारेको छ ।

यो आँधीकै प्रभावले नेपालको पूर्वी तथा मध्य तराईमा भारी वर्षा हुने र काठमाडौँ उपत्यकामा पनि त्यसको असरले बदली भई सामान्य वर्षा हुने वरिष्ठ मौसमविद् विद्यारत्न शाक्यले बताएका छन् । शाक्यका अनुसार नेपालमा फाइलिन आँधीबेहरीको असर तीन चार दिनसम्म रहिरहने छ तर, पश्चिमी भेगमा भने कम असर रहने छ ।

आँधीबेहरीका कारण भारतमा पाँच लाख मानिस विस्थापित भएका छन् भने उडिसा राज्यमा कम्तिमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उक्त आँधीका कारण उडिसा राज्यमा पांच जनाको ज्यान गइसकेको छ ।
दुई सय किलोमिटर प्रतिघण्टा रफ्तारको आँधी पायलिन, उडिसा राज्यको गोपालपुर नजिकको समुन्द्री तटबाट २६ असोज साँझबाट शुरु भएको थियो।

अहिले पायलिनको गति कम भए पनि यसले उडिसा, उत्तरी आंध्र प्रदेश, पश्चिम बंगाल, बिहार र झारखंड में लगातार वर्षा भइरहेको छ । भारतीय मौसम विभागले अधिकांश राज्यहरुमा आगामी २४ घंटासम्म पानी पर्ने र बिहारमा ठूलो बाढी आउन सक्ने चेतावनी दिएको छ ।

आज भन्दा १४ वर्ष अघि सन् १९९९ मा आएको आँधीमा हजारौ मानिस मारिएकाले अहिले सुरक्षाको लागि त्यसबेलाको भन्दा राम्रो पूर्वतयारी गरिएको हुँदा मानवीय क्षति धेरै कम भएको अधिकारीहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>