समाचारआइतबार, आश्विन २७, २०७०
दशैंका बेला शरणार्थीको विजोग
लामो प्रक्रिया पूरा गरेपछि अमेरिकामा पुनर्वासका लागि झापा र मोरङबाट हिंडेका भुटानी शरर्णार्थीहरुलाई आइओएमले अमेरिका तत्कालै लैजान नसकिने भन्दै फेरि शिविरमै फिर्ता गरेको छ ।
अमेरिका जाने भनिएपछि आफूसँग भएको जति जेथा अरुलाई बेचेर दिएर हिँडेका शरणार्थीहरुको छाप्रो समेत बाँकी छैन । दशैंका बेला उनीहरु आफन्तकहाँ शरणलिन बाध्य छन् ।
आइओएमले शिबिर फर्काइएका ती शरर्णार्थीलाई राहत सामग्रीको नाममा अन्नमात्र दिइएको छ ।
शरणार्थीहरुलाई एक हप्ताअघि अमेरिका जाने भन्दै हवाईमार्गबाट काठमाडौं ल्याइएको थियो । अमेरिका लैजान नसक्नुको कारण आइओएमले बताएको छैन ।
