समाचारसोमबार, आश्विन २८, २०७०

राजनीतिक दलका नेताहरुको टीका

हिमालखबर

विजयादशीको अवसर नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गृहनगर बाँके–नेपालगञ्जस्थित दिदी आभा शर्माको हातबाट साईतको टीका लगाएका छन् ।

कोइराला केहीदिन गृहनगरमै आफन्तका साथ रहने र निर्वाचन प्रचार–प्रसारमा जुट्ने कोइरालाका सहयोगी लक्ष्मण ढकालले बताए ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले परिवार र आफन्तकासाथमा साईतको टीका लगाए ।

‘‘परिवारमा आफूभन्दा अग्रज मान्छे कोही पनि छैन, त्यसैले मैले आफैं टीका लगाएँ अनि परिवार र आफन्तलाई टीका लगाइदिएर विजया दशमी पर्व मनाईयो ।’’ अध्यक्ष खनालले भने ।

उनले दशैंको अवसरमा चुनावी अभियान पनि परेकाले पर्वलाई चुनावी अभियानको रुपमा मनाएको बताए ।

दाहालले लगाएनन्

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने दशैंको टीका लगाएनन् । टीका नलगाएपनि परिवारसँग बसेर खानपिन गरी पार्टी केन्द्रीय कार्यालयको बैठकको तयारीमा जुटेको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>