थप समाचारसोमबार, आश्विन २८, २०७०

कांग्रेस कार्यकर्तामाथि माओवादीको आक्रमण

हिमालखबर

जिल्ला सदरमुकाम गमगढीदेखि उत्तर पश्चिम पर्ने भिई गाउँमा काँगे्रसको घरदैलो कार्यक्रममा नेकपा–माओवादीका कार्यकर्ताहरूले आक्रमण गर्दा दुवैतर्फ गरी १० जना घाइते भएका छन् भने
एकजनाको अवस्था चिन्ताजनक छ ।

घाइते हुनेमा कांगे्रस कार्यकर्ताहरु भिई गाउँका जलेश्वर धामी, लीला धामी, केशव धामी, पुन्नलाल कुलाल र नार्थपु–५ जडेपानी गाउँका अक्कल शाही छन् । घाइते शाहीको अवस्था चिन्ताजनक रहेको कांगे्रस उम्मेदवार ऐनबहादुर शाहीले जानकारी दिएका छन् । उता माओवादीतर्फ दन्त्या दमाई, तारा दमाईलगायत पाँच जना घाइते भएको जनाइएको छ ।

कांग्रेसले २७ असोजमा भिई गाउँमा घरदैलो कार्यक्रम गर्दै गर्दा दिउँसो ३ बजे माओवादी कार्यकर्ताले ढुङ्गामुढा गरेर आक्रमण गरेको काँगे्रसले मुगुले बताएको छ ।

घटनास्थल सदरमुकामबाट दुई दिन टाढा भएकाले विस्तृत जानकारी आउनसकेको छैन । दुवैतर्फ गरी १० जना घाइते भएको जानकारी आएको र तत्काल घटनास्थलतर्फ सोरुकोट प्रहरी चौकीबाट १५ जनाको एक टोली प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>