थप समाचारबिहीबार, आश्विन ३१, २०७०

तनहुँमा ४६४ म्यादी प्रहरीले हाजिर गरे

हिमालखबर

तनहुँमा हाजिर हुन आएका म्यादी प्रहरी जिल्ला प्रहरी कार्यालय कास्की र गोरखाबाट छनोट प्रक्रिया पूरा गरेका म्यादी (दुई महिनाका लागि करारमा) प्रहरीहरुले ३१ असोजमा जिल्ला प्रहरी कार्यालय तनहुँमा हाजिर भएका छन् ।

गोरखाबाट छनोट भएका २ सय ९७ र कास्कीबाट छनोट भएका १ सय ६७ जवानमध्ये ६३ जना महिला छन् । आजबाट हाजिर गरेका उनीहरुले ४ कात्तिकबाट तालिम लिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई जिप्रका, ईप्रका बेलचौतारा, आँबुखैरेनी र भानुमा तालिम दिइने प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए । १४ दिन तालिम दिएपछि चुनावी प्रशिक्षण दिई कार्यक्षेत्रमा खटाईने जोशीले जानकारी दिए ।

म्यादी प्रहरीले नेपाल प्रहरीको नियन्त्रणमा रही निर्वाचन सामाग्री ओसारपसार र मतदान केन्द्रको सुरक्षा प्रबन्ध मिलाउनेछन् ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>