थप समाचारबिहीबार, आश्विन ३१, २०७०

प्यूठानः ठेकेदारले काम नगर्दा यात्रुलाई सास्ती

हिमालखबर

चाडपर्बका वेला अत्याधिक यात्रुहरुको चाप हुने यो सड्कको स्तरोन्नतीका लागि ठेक्का लिएको निर्माण कम्पनीले समयमै काम पूरा नगर्दा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् ।

१८ महिना अघि जिविसले ठेक्का मार्फत प्यूठानका वाग्दुला, मच्छि, ठूलाबेसी हुदै गुल्मी, खलंगा जोगिटारी पुग्ने सडकको स्तरोन्नती गर्ने काम शुरु गरेको थियो । १८ करोड ९१ लाख रुपैयामा ठेक्का स्वीकृत भएको जिल्ला प्राविधिक कार्यालयका जिल्ला इञ्जिनिएर मेघराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार असार मसन्तामा काम पूरा भइसक्नु पर्नेमा ठेकेदारले काम सम्पन्न नगर्दा फेरि म्याद थप गरिएको छ । थपिएको म्याद पुस १५ सम्ममा पनि सडक निर्माण कार्य सम्पन्न हुने छाँट भने देखिंदैन ।

शंकर माली कञ्चन जंघा जेभि निर्माण कम्पनीले लिएको उक्त सडकको ठेक्काको काम जेठपछि भएकै छैन ।

यता उक्त सडकमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको स्वर्गद्वारी यातयात व्यबसायी समितिले तत्काल सडकको मर्मत नगरे यातयात बन्द गर्नु पर्ने अबस्था आएको जनाएको छ । सडकमा एम्बुलेन्स गुड्न समेत समस्या भएपछि यहाँका वासिन्दाले थप सास्ती भोग्नु परेको छ ।

मंसीर महिनासम्ममा सडकको स्तरोन्नती कार्य सम्पन्न हुने जिविसले दाबी गरेको छ ।
प्रमोद पोख्रेल, प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>