समाचारबिहीबार, आश्विन ३१, २०७०

एक वर्षभित्र संविधान जारी हुन्छः पोखरेल

हिमालखबर

काठमाडौं निर्वाचन क्षेत्र नं ५ अन्तर्गत बालुवाटारमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै एमाले महासचिव इश्वर पोखरेलले आफ्नो पार्टीको सरकार रहेका बेला थुप्रै विकास निर्माणका काम गरेकाले अहिले देशका विभिन्न क्षेत्रमा एमालेको लोकप्रियता बढेको र पार्टीले बहुमत ल्याउने दावी गरेका छन् ।

निर्वाचनबाट आउने नयाँ जनादेशबाट लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकलाई अग्रगमनतर्फ लैजाने भन्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टीले जनतासँग मत मागेको बताए । महासचिव पोखरेलले आफ्नो दल राजनीतिका साथै देशको आर्थिक–सामाजिक विकासमा केन्द्रित रहनेमा जोडदिए ।

विगतमा आफ्नो पार्टीको बहुमत नभएको र माओवादी ठूलो दल भएर पनि जनभावनाको कदर गर्न नसकेका कारणले संविधान निर्माण हुन नसकेको पोखरेलको दाबी थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>