समाचारशुक्रबार, कार्तिक १, २०७०

केसीको आरोपः ‘संघीयता विदेशीको इशारामा’

हिमालखबर

अर्घाखाँचीमा १ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले भने जस्तो जातीय संघीयता कुनै हालतमा पनि स्विकार्न नसकिने भन्दै संघीयता मुलुकको आवश्यकता नभई, विदेशीको इशारामा जबर्जस्ती ल्याइएको नारा भएको दाबी गरेका छन् ।

संघीयताविरोधिका रुपमा आफूलाई उभ्याएका नेता केसीले भने, “संघीयताकै कारण अघिल्लो संविधानसभाले संविधान बनाउन सकेन यसको खारेजी हुनुपर्छ ।” उनले थपे, “हाम्रो पार्टी वर्तमान निर्दलीय सरकारको विरोधमा भए पनि मुलुकको आवश्यकतालाई महशुस गर्दै निर्वाचनमा उभिएको छ ।”

नेकपा–माओवादीलाई चुनावमा ल्याउन मुख्य दलले प्रयत्न गरे पनि ऊ नै चुनावबाट टाढा रहन खोजेको उनले आरोप लगाए । केसीले भने, “छेउ जोते पनि बराजुको खेत कुना जोते पनि बराजुको खेत भने जस्तै जसरी भए पनि संबिधानसभामा नै जानु पर्ने भएकोले निर्वाचन बहिस्कार गर्नुको कुनै अर्थ छैन ।”

केसीले ४ मंसिरको संबिधान सभाको निर्बाचन असफल भए देश भयावह दुर्घटनामा फस्ने पनि बताए । राजावादीहरुले आगामी संविधानसभा निर्वाचन असफल भए २०४७ सालको संबिधान ब्युताउने माग राखिरहेको भन्दै निर्वाचन सफल पार्नु सबैको हितमा रहेको बताए ।

नेता केसीले देश टुक्रयाउन खोज्ने शक्तिलाई अर्काे संविधानसभा सदस्य निर्वाचनमा परास्त गरिने पनि बताएका थिए ।
प्रेमनरायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>