समाचारशुक्रबार, कार्तिक १, २०७०

दाहालको सपना कहिल्यै पूरा हुँदैनः खनाल

हिमालखबर

एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राष्ट्रपति हुने सपना कहिल्यै पूरा नहुने दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा १ कात्तिकमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष खनालले संविधानसभा गठन भएको ६ महिनामा मस्यौदा तयार गर्ने र एक वर्ष भित्रमा संविधान जारी गर्ने बताएका छन् । एमालेको बहुमत नआए लोकतान्त्रिक संविधान निर्माण सम्भव नहुने पनि खनालले बताए ।

निर्वाचनकाबिरुद्धमा रहेका दलहरु आफैं समाप्त भएर जाने टिप्पणी गर्दै अध्यक्ष खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राष्ट्रपति हुने सपना पनि कहिल्यै पूरा नहुने ठोकुवा गरे ।

नेकपा एमाले लोकप्रिय र लोकतान्त्रिक शक्ति भएकाले एमालेलाई परास्त गर्ने अर्को शक्ति नभएको खनालको जिकिर थियो ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>