समाचारशुक्रबार, कार्तिक १, २०७०

गैरआवासीय नेपाली सम्मेलन हुँदै

हिमालखबर

‘गैरआवासीय नेपाली र नेपाल : समृद्धिका साझेदार’ भन्ने नाराका साथ २ कात्तिकदेखि काठमाडौंमा छैटौं गैरआवासीय विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ ।

गैरआवासीय नेपाली संघले पत्रकारसम्मेलन २ र ३ कात्तिकमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा ४ र ५ कात्तिकमा आगामी  गैरआवासीय विश्व सम्मेलन गर्ने जनाएको छ ।

२ देखि ५ कात्तिकसम्म  चल्ने उक्त सम्मेलनको राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले समापन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

शुरुको दुई दिन चल्ने अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि  विश्व सम्मेलन हुनेछ ।

१ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वका ५० मुलुकमा रहेका १ हजार ३०० गैरआवासीय नेपालीले सम्मेलनमा भाग लिंदैछन् । संघले हालसम्म ६५ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

गैरआवासीय नेपालीको लगानीमा लमजुङको सर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण शुरु गरिएको तथा हालसम्म रु आठ करोड खर्चेर देशका विभिन्न भागमा परोपकारका कार्य सम्पन्न गरिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>