समाचारशनिबार, कार्तिक २, २०७०

एमाओवादी कार्यकर्तामाथि आक्रमणको प्रयास गर्ने पक्राउ

हिमालखबर

रुकुम अर्मा–२ चिन्तुमा एमाओवादीका भूपालसिंह ओलीलगायतको प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्नेलाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा अर्मा– २ का खडकबहादुर पुन, दीपेन्द्र खड्का र धर्मबहादुर खड्का पक्राउ परेको रुकुमका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

पक्राउ परेकाले नुवाकोट गाविसको तिमिलेमा लागेको स्थानीय मेलामा वीरेन्द्र ओली र विजय ओलीमाथि पनि साङ्घातिक आक्रमण गरेको जनाइएको छ । घाँटीमा खुकुरी लागेका दुवैको अवस्था गम्भीर छ । १ कात्तिक राति १ बजे चुनावी प्रचार टोलीमाथि आक्रमणको प्रयास गरेका उनीहरुलाई २ कात्तिक बिहान प्रहरीले पक्रेको हो ।

आफ्नो पार्टीको चुनाव प्रचारप्रसार टोलीमाथि आक्रमणको प्रयास गर्ने नेकपा एमाले निकट युथफोर्सका जिल्ला सदस्य भएको दाबी एमाओवादीको छ । एमाओवादीको २ नं क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक गोपाल शर्माले विज्ञप्ति निकाली दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

रुकुमको दुई नम्बर क्षेत्रमा प्रमुख दलका उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुनेभएपछि पछिल्लो समयमा झडप बढदै गएको छ । यसअघि एमाओवादी कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण र प्रचार सामाग्री लुटपाट गरे पनि प्रहरीले दोषिमाथि कुनै कारवाही नगरेको कांग्रेस रुकुमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>