थप समाचारआइतबार, कार्तिक ३, २०७०

बुकर पुरस्कार २८ वर्षीया एलिनोर केटनलाई

हिमालखबर

अहिले २८ वर्ष पुगेकी एलिनोर केटनले ‘द लुमिनरिज’ २७ वर्षको उमेरमै लेखिसकेको द म्यान बुकर प्राइजको वेबसाइटले उल्लेख गरेको छ ।

बुकर पुरस्कारको ४५ वर्षको इतिहासमा केटनको ८३२ पृष्ठको यो उपन्यासले बुकर पुरस्कार पाउने सबैभन्दा लामो कृतिको पनि रेकर्ड बनाएको छ ।

यो उपन्यासमा सन् १८६६ मा सुन प्राप्तिको सनक चढेका १२ मानिस र उनीहरुसँग ठोक्किन पुगेको यात्रुको कथा छ । कथामा हराएको धनी मानिस, मृत साधु, सुनको ठूलो परिमाण र पीडित वेश्यापनि संलग्न छन् । त्यहाँ यौन, अपराध, अफिम, रहस्य पनि छ । पात्रहरुले आफ्ना कथा क्रमशः भन्दै जाँदा दक्षिणी न्युजिल्याण्डको होकिटिका टापुको रहस्य खुल्दै जान्छ ।

बेलायतको राजधानी लन्दनस्थित गिल्डहलमा आयोजित कार्यक्रममा केटनलाई विजेता घोषित गर्दै ५० हजार पाउण्डको नगद राशि पनि प्रदान गरियो । क्यानाडामा जन्मेर न्युजिल्याण्डमा हुर्के बढेकी केटन बुकर पुरस्कार जित्ने न्युजिल्याण्डकी दोस्रो लेखक हुन् ।

बुकर पुरस्कारको दौडमा यो वर्ष झुम्पा लाहिडी, नोवोयलेट बुलावायो, जिम क्रेस, रुथ ओजेकी र कल्म टोइबिन नोमिनेशनमा परेका थिए । पछिल्लो वर्ष हिलरी मेंटेलले पछिल्लो वर्ष हिलरी मेंटेलले ‘ब्रिंग अप द बडिज’ का लागि यो पुरस्कार जितेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>