समाचारआइतबार, कार्तिक ३, २०७०
उम्मेदवारद्वारा पार्टी छाडेको घोषणा
नेपाल राष्ट्रिय विकास पार्टीबाट चितवन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका तेजकुमार श्रेष्ठ (राजु) ले पार्टीप्रति चित्त नबुझेको भन्दै ३ कात्तिकदेखि पार्टी छाडी राप्रपामा प्रवेश गरेकोसमेत बताएका छन् ।
अब आफूले राप्रपाका ५ नं क्षेत्रका उम्मेदवार तथा केन्द्रीय महामन्त्री विक्रम पाण्डेलाई सहयोग गर्ने उनले बताए । नेपाल राष्ट्रिय विकास पार्टीले आफ्नो स्वार्थ पूर्तिका लागि काम गरेको उनले आरोप लगाए ।
जिल्लामा अहिलेसम्म कुल ११५ जनाले उम्मेदवारी दिएका छन् । जसमा ११ जनाको स्वतन्त्रतर्फबाट उम्मेदवारी परेको छ ।
रासस
