थप समाचारआइतबार, कार्तिक ३, २०७०

चुनावका लागि काभ्रेमा सेनाका ८ क्याम्प

हिमालखबर

धुलिखेलस्थित सेनाको खड्गदल गणले संविधानसभा निर्वाचन प्रयोजनका लागि काभ्रेका ४ निर्वाचन क्षेत्रका घर्तीछाप, मंगलटार, चौवास, महादेवस्थान, कामीडाँडा, धुलिखेल, पनौती र भकुण्डेमा क्याम्प स्थापना गरेको छ ।

२८ वटा गाविस रहेको १ नं क्षेत्रका ४४ वटा मतदान केन्द्रका लागि मंगलटार र घर्तीछापमा क्याम्प रहनेछ भने एक नगरपालिका सहित १९ गाविस रहेको क्षेत्र.न. २ का ४७ वटा मतदानकेन्द्रका लागि भकुण्डे र पनौतीमा क्याम्प खडा गरिएको छ ।

त्यस्तै १६ गाविस रहेको क्षेत्र.न. ३ को ४१ वटा मतदानकेन्द्रको लागि कामीडाँडा र धुलिखेलमा तथा २२ वटा गाविस रहेको क्षेत्र.न. ४ को ५३ वटा मतदानस्थलका लागि महादेवस्थान र चौवासमा रहेको क्याम्पले सुरक्षा प्रदान गर्नेछ ।

काभ्रेमा ४ निर्वाचन क्षेत्र सहित तिन नगरपालिका र ८७ गाविस छन् । ३ सय २४ वटा मतदान केन्द्र रहेको काभ्रेमा २ लाख ८ हजार ६ सय १७ जना मतदाता छन् ।
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>