थप समाचारआइतबार, कार्तिक ३, २०७०

दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइ सम्मेलन हुँदै

हिमालखबर

तस्वीर: देवकी विष्ट

७ कात्तिकसम्म चल्ने दक्षिण एसियाका आठ राष्ट्रको सहभागिता हुने साकोसानमा ४०० जना सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । सरसफाइको क्षेत्रमा दक्षिण एशियाको गति बढाउने, सरसफाइ क्षेत्रका समस्याहरुको पहिचान गर्ने र रणनीति तयार गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो ।

राष्ट्रपति डा. रामवरण यादवले भक्तपुरमा सम्मेलनको उद्घाटन गर्नेछन् भने उपराष्ट्रपति परमानन्द झाले मङ्गलबार होटल याक एन्ड यतिमा बन्दसत्रको उद्घाटन र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बिहीबार कार्यक्रमको समापन र घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

सम्मेलनमा आठै सदस्य राष्ट्रका सरसफाइसम्बन्धी मन्त्रीले सहभागिता जनाउने भनिए पनि बङ्गलादेश र पाकिस्तान बाहेक अरु ६ सदस्य राष्ट्रबाट शहरी विकास र सरसफाइसम्बन्धी मन्त्री सहभागी हुने निश्चित भएको शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले जानकारी दिए ।

बङ्गलादेश र पाकिस्तानकातर्फबाट भने मन्त्रीको अनुपस्थितिमा उच्च सरकारी अधिकारीहरुले सम्मेलनमा सहभागिता जनाउँदैछन् ।

सन् २००३ मा बङ्गलादेशबाट थालनी भएको यो सम्मेलन हरेक दुई वर्षको अन्तरालमा आठ राष्ट्रले पालैपालो आयोजना गर्ने गर्छन् ।

सम्मेलनमा आठ राष्ट्रका तर्फबाट आठवटा विषयमा कार्यपत्र प्रस्तुति र छलफल गर्ने कार्यक्रम रहेकामा नेपालले ‘सञ्चार वकालत र सरसफाइ’ विषयमा कार्यपत्र प्रस्तुत गर्दैछ ।

नेपालमा पछिल्लो समय सरसफाइमा पहुँच अर्थात शौचालयको पहुँच ६२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । सरकारले विसं २०७३ भित्र नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकामा हालसम्म एक हजार ३० गाविस, नौवटा नगरपालिका, नौवटा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>