समाचारसोमबार, कार्तिक ४, २०७०

एनआरएन अध्यक्षमा शेष घले विजयी

हिमालखबर

राजधानीमा ४ कार्तिक विहान सम्पन्न मतगणनामा घलेले अध्यक्षका प्रत्यासी तेन्जी शेर्पालाई भारी मत अन्तरले हराएका हुन । शेर्पाले २८० तथा घलेले ५१० मत प्राप्त गरेका छन् ।

अध्यक्षका अन्य प्रत्यासीहरु रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

कार्यसमितिको उपाध्यक्षमा भवन भट्टले ३४८, महासचिवमा कुमार पन्तले ३९५, सचिवमा रन्जु थापाले २७२ र कोषाध्यक्षमा बद्री केसीले ४७२ मत ल्याएर निर्वाचित भएका छन् ।

यस्तै एसिया संयोजकमा गंगा राई, रोविन्द्रप्रसाद श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका, अफ्रिका संयोजकमा हिक्मत थापा र युरोप ंसंयोजकमा अर्जुन श्रेष्ठ चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>