थप समाचारसोमबार, कार्तिक ४, २०७०

रुकुममा फेरि कांग्रेस–एमाओवादी झडप

हिमालखबर

रुकुम  क्षेत्र नं. २ कांग्रेसका उम्मेदवार गोपालजीजंग शाहको स्वागतका लागि ४ कात्तिकमा आठविसकोटमा जम्मा भएका कांग्रेस कार्यकर्ताहरुमाथि नजिकै कोण सभा गरिरहेका एमाओवादी नेता कार्यकर्ताहरुले ढुंगा प्रहार गर्दा नेपाल तरुण दलका जिल्ला सदस्य जनक बाठा, कांग्रेस आठबिसकोट गाउँ इकाइ सभापति दीपक शाही र एमालेका गणेश सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै एमाओवादीले आफ्ना राज्य समिति सदस्य गोरखबहादुर केसीको नेतृत्वमा रहेको चुनाव प्रचार टोलीमाथि कांग्रेस कार्यकताहरुले आक्रमण गर्दा ६ जना घाइते भएको जनाएको छ ।

स्थितिलाई सामान्य बनाउन घटनास्थलमा जिल्ला बाट थप प्रहरी पठाइएको छ । घटानास्थमा सशस्त्र प्रहरीको टोली पनि खटेको छ ।

चुनावी जुलुशको रमाइलो हेर्न पुगेका एमाले समर्थक तीन जना स्थानीय पनि एमाओवादीले प्रहार गरेको ढुंगा लागेर घाइते भएका छन् । जसमध्ये टाउकोमा चोट लागेका गणेश सिंहको अवस्था गम्भीर छ ।

कांग्रेस उम्मेदवारलाई स्वागत गर्न भेला भएका कार्यकताविरुद्ध नजिकै कोणसभा गरिरहेका माओवादी कार्यकर्ताले ‘अराजक र आपत्तिजनक’  नारावाजी गरेपछि झडप भएको कांग्रेस जिल्ला सभापति मानबहादुर नेपालीले बताए ।

दुबै पार्टीको चुनावी कार्यक्रम एकै ठाउँमा परेकाले पनि झडप भएको प्रहरीको भनाई छ ।

सञ्चारमाध्यममा समस्या आएको र घटनास्थल सदरमुकामभन्दा टाढा रहेकोले घटनाको विस्तृत जानकारी नआएको रुकुमका प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए

संविधानसभा निर्वाचनको प्रचारप्रसार अभियानमा व्यस्त र सक्रिय दलहरुबीच रुकुममा दैनिक जसो झडप हुन थालेको छ ।

कांग्रेस र एमाले २०६४ सालमा माओवादी पक्षमा आएको परिणाम उल्टाउन भन्दै जोडतोडका साथ तयारीमा लागेपछि अत्तालिएका एमाओवादी कार्यकर्ता हिंसामा उत्रिएकोे कांग्रेसका जिल्ला सदस्य खड्क डाँगीले बताए ।

“माओवादीको जबरजस्ती र धाँधली यसपटक सहिँदैन,” कांग्रेस नेता एवम् उम्मेदवार गोपालजी जंग शाहले बताए ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>