समाचारसोमबार, कार्तिक ४, २०७०
हार्यौं भने हामी पनि सकिन्छौं: दाहाल
‘थारुवान राज्य समिति’का नेता तथा कार्यकर्तालाई कैलालीको अत्तरियामा ४ कात्तिकमा बन्द प्रशिक्षण दिंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनमा विजय सुनिश्चित हुने गरी खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
‘‘संविधानसभा निर्वाचनमा हार्यौ भने हामी पनि सकिन्छौं, पार्टी पनि सकिन्छ ।’’ एमाओवादी अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै प्रशिक्षणका सहभागीले भने ‘‘यो निर्वाचनमा जसरी पनि जित्नु पर्छ ।’’
उनले दाहालको भनाई थप सुनाए, “संविधानसभामा ठूलो दल हुँदा त चारैतिरबाट घेराबन्दी पार्न खोजियो, हार्यौं भने हामी सकिन्छौं ।”
निर्वाचन घोषणापत्रमा सुदूरपश्चिममा दुई राज्य प्रस्ताव गरेपछि नेता तथा कार्यकर्ताबीचमा बढेको दूरी कम गर्न दाहाल यस क्षेत्रको भ्रणम निस्केका हुन । अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनका कारण दुई पक्षमा विभाजित नेता तथा कार्यकर्ताबीच समझदारी गराउन दाहालले बाजुरा, डोटी, अछाम, डडेल्धुरा र अत्तरियामा प्रशिक्षण दिनुका साथै आमसभाहरुलाई सम्बोधन गरेका छन् ।
बच्चु विक, कैलाली अत्तरिया

