समाचारसोमबार, कार्तिक ४, २०७०

बारामा म्यादी प्रहरी र नेपाल प्रहरीबीच झडप

हिमालखबर

तोकिएको भन्दा कम तलवसुविधा भएको भन्दै प्रदर्शनमा उत्रिएका म्यादी प्रहरी ।

कार्यक्षेत्रमा जान बाराको कलैयास्थित सिद्धेश्वर विद्यालयमा जम्मा भएका म्यादी (निर्वाचन प्रयोजनका लागि करारमा भर्ना भएका) प्रहरीहरुले तोकिएभन्दा कम तलब भत्ता दिन लागेको भन्दै त्यसको विरोधमा नाराजुलुश गर्दै जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् ।

नारा जुलुश गर्दै प्रशासन कार्यालय घेराउ गर्न पुगेका म्यादीमाथि प्रहरीले लाठी चार्ज गरेको छ भने म्यादी प्रहरीले पनि ढुंगामुढा गरेका छन् ।

खुट्टामा लागेको चोट देखाउँदै एक म्यादी प्रहरी ।

बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञावालीका अनुसार बाराका म्यादी प्रहरीलाई रौतहटमा खटाउन तयार गरिएका बेला उनीहरुले एकाएक नाराजुलुश गर्दै ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरी उनीहरुलाई तितरबितर पारेको हो ।
झडपपछि सडकमा ढुङ्गा तथा म्यादी प्रहरीका जुताचपल यत्रतत्र छरिएका देखिन्थे ।

म्यादी प्रहरीको तलब भत्ता नेपाल प्रहरीको जस्तै हुने गरि तोकिएकोमा सो भन्दा कम भएको भन्दै बिरोध गरेको एक म्यादी प्रहरीले बताए ।

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय बारा र शसस्त्र सीमा सुरक्षा बल कलैयाको ६ वटा गाडीमा तोडफोड गरेको र ढुङ्गा लागेर ६ जना प्रहरी घाईते भएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले नाराजुलुशको नेतृत्व गरेका ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लाठिजार्चबाट दर्जनौ म्यादी प्रहरी घाईते भएका छन् । स्थानीय स्तरमै उपचार गराएपछि घर फर्कदै गरेकी कलैया– मोतिबागकी ५५ बर्षीया बिन्दा देबीले दुबै खुट्टामा लागेको चोट देखाउँदै भनिन् “अर्काको घरमा पसेर ज्यान जोगाएँ, नत्र मरिन्थ्यो ।”

बाराबाट एक हजार तीन सय २० जना म्यादी प्रहरीमा भर्ना भएका छन् ।

प्रहरीले लाठि चार्ज गरेपछि यत्रतत्र छोडिएका म्यादी प्रहरीका जुत्ता चप्पल ।

श्याम गुप्ता, बारा /तस्वीर समेत

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>