थप समाचारबिहीबार, कार्तिक ७, २०७०

शिक्षक कुटिएपछि बिद्यालय बन्द

हिमालखबर

प्यूठानको खलंगा– १ टोप्रेखर्कका संजय घर्तीमगर र सन्दिप घर्तीमगरले कक्षामा पढाइरहेका शिक्षक विजय श्रेष्ठलाई दुई दिनअघि कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरेका दुवैले विनाकारण कक्षाभित्र ओहोरदोहोर गरेपछि त्यसो नगर्न भनेका श्रेष्ठलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दामोदर शर्माका अनुसार शिक्षकहरुले सुरक्षा नभएको भन्दै पढाउन नमानेपछि विद्यालय नै बन्द गर्नु परेको छ । यसैबीच विद्यालय ब्यवस्थापन समितिले समेत कुटपिट गर्ने सञ्जय र सन्दिपमाथि कार्वाही गरी शिक्षकको सुरक्षा ब्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।

शिक्षकलाई कुटपिट गर्नेमाथि कानून बमोजिम कारवाही गरीने जिल्ला प्रहरी प्रमुखले बताएका छन् ।

निमावि तहमा बिज्ञान बिषय पढाउने शिक्षक श्रेष्ठको अनुहार तथा पेटमा चोट लागेको छ । कुटपिटमा संलग्न व्यक्तिहरुले विगतमा पनि यस खालको अराजक व्यवहार देखाउँदै आएको शिक्षकहरुको भनाई छ ।

प्रमोद पोख्रेल प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>