समाचारबिहीबार, कार्तिक ७, २०७०

दाहालको कार्यक्रम विथोल्न खोज्ने पक्राउ

हिमालखबर

नेकपा–माओवादीका कार्यकर्ताले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ७ कात्तिकमा धनकुटा आउने भएपछि उनको कार्यक्रम विथोल्न भन्दै कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्र्तगत भेडेटारदेखि सिधुवाबजारसम्म दर्जनौ स्थानमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा अखिल क्रान्तिकारी धनकुटाका जिल्ला अध्यक्ष मिलन बास्तोला र पार्टी सदस्य दिपपाल राईलाई प्रहरीले पक्राउ गरेको नेकपा–माओवादीका राज्य समिति सदस्य सुवासले बताए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भने कडा सुरक्षाका बीच धरानमा कार्यक्रम गरी धनकुटाहुँदै  तेह्रथुम गएका छन् ।

नेकपा–माओवादीले रुख ढालेर गरेको अवरोधलाई विहानै नेपाल प्रहरीको टोलीले हटाएको थियो ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>