थप समाचारबिहीबार, कार्तिक ७, २०७०

हात्ती आतङ्क : सुरक्षाकर्मी परिचालन

हिमालखबर

बलान नदी हुँदै सिरहा प्रवेश गरेका हात्तीले सिरहा नगरपालिका, हकपाडा, हनुमाननगरलगायत गाविसमा आतङ्क मच्चाएका छन् । हात्तीले बिहानै हकपाडा–३ का ४५ वर्षीया ककुलतीदेवी यादवलाई आक्रमण गरी घाइते बनाएको स्थानीयावसी जयराम यादवले बताए ।

आक्रमणबाट महिलाको ढाड भाँच्चिएको र उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ । हात्तीले हाकपाडामा तीन घर पनि भत्काइदिएको छ भने कतिपय गाविसमा धानबाली तहसनहस भएको छ ।

हात्तीलाई जंगलतर्फ लखेट्न जिल्ला प्रहरी कार्यालय सिरहाले ७ कात्तिक बिहानदेखि प्रहरी नायब उपरीक्षक रमेशकुमार तामाङको नेतृत्वमा २५ जनाको टोली परिचालन गरेको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए । जोशीका अनुसार हात्ती अहिले सिरहा नगरपालिकासँगै जोडिएको भलुवाही गाउँमा रहेको र जङ्गल छिराउने प्रयास सुरक्षाकर्मीले जारी राखेका छन् ।

चितुवाको आक्रमणबाट चार घाइते

स्याङ्जाको रापाकोट–३ आग्रिखर्कमा चितुवाको आक्रमणमा परी ७ कात्तिक बिहान चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । चितुवाको आक्रमणबाट घाइते हुनेमा १५ वर्षीय अणकान्त लम्साल, २५ वर्षीय केशकुमारी लम्साल, ५५ वर्षीय ठगनारायण लम्साल, २२ वर्षीय रमेशप्रसाद काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बिहान ८ बजेतिर खेतमा धान काटिरहेका बेला चितुवाले आक्रमण गरेको आग्रिखर्क सामुदायिक वनका अध्यक्ष टीकाराम लम्सालले जानकारी दिए । घाइतेमध्ये अणकान्त लम्साल र केशकुमारी लम्सालको अवस्था गम्भीर छ ।

आक्रमण गर्ने चितुवालाई मारिएको सहायक वन अधिकृत ओमबहादुर गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>