समाचारबिहीबार, कार्तिक ७, २०७०

मापसे गरेर जीप चलाउँदा ४ को मृत्यु

हिमालखबर

पाल्पाको चिलाङदी भञ्जायाङमा चलिरहेको भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर फर्कनेहरुलाई बोकेको लु १ ज १२३० नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर पाल्पा बहादुरपुर–२ का ४३ वर्षीय हुमिसरा बाह्रघरे, जलपा–९ का २६ वर्षीय ज्ञानीसरा सारु, ८६ वर्षीय वदलसिं सारु, गाडी साहु बहादुरपुर–२ का ५० वर्षीय चन्द्रबहादुर बाह्रघरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  चालक देवीनगर-३ का धर्मराज कुँवरका अनुसार गाडीधनीले मादक पदार्थ सेवन गरी चलाएको गाडी दुर्घटना भएको हो ।

घाइतेहरुको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।
देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>