समाचारबिहीबार, कार्तिक ७, २०७०
हिंसा र अराजकताविरुद्ध उभिन ओलीको आह्वान
विघटित संविधानसभामा एमाओवादी ठूलो दलबनेपछि मुलुकको राजनीतिले बाटो विराएको आरोप लगाउँदै एमाले नेता केपी ओलीले नलुटी, नढाँटी स्वच्छ प्रतिस्पर्धा गर्न एमाओवादीलाई आग्रह गरेका छन् ।
७ कात्तिकमा झापाको दमकमा आफ्नो पहिलो चुनावी सभालाई सम्बोधन गर्दै ओलीले मुलुकलाई शान्ति र अग्रगमन चाहिएको भन्दै हिंसा र अराजकताका बिरुद्ध उभिन मतदाताहरुलाई आह्वान गरे ।
सभामा अभिनेता भुवन केसी, गायक बद्री पगेनी, अभिनेत्री जिया केसी, कलाकार लय संग्रौला, राजा राजेन्द्र लगायतको सहभागिता थियो ।
चुनाव प्रचारकाक्रममा करिब २ सातासम्म ओली झापामा रहने एमाले झापाले जनाएको छ ।
गोपाल गडतौला, झापा
