समाचारशुक्रबार, कार्तिक ८, २०७०
माओवादीका सहसेक्रेटरी सहित २६ नेताले पार्टी त्यागे
नेकपा–माओवादीले तय गरेको निर्वाचन बिरोधी कार्यक्रमप्रति असहमति जनाउँदै माओवादी संखुवासभाका राज्य समिति सचिवालय सदस्य लगायत २६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।
७ कात्तिकमा बिज्ञप्ती जारी गर्दै किराँत राज्य सचिवालय सदस्य एवम् संखुवासभाका सहसेक्रेटरी मनकुमार भण्डारी, क्षेत्र नं. १ इन्चार्ज दिव्यराज बराल, किराँत राज्य समिति सचिवालय सदस्य, राष्ट्रिय युवा जनस्वयंसेवक जिल्ला उपाध्यक्ष अदलकुमार कुलुङ लगायत १६ जना जिल्ला कमिटि सदस्य र १० जना एरिया कमिटि इन्चार्ज लगायत २६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरुले हाल कुनै पार्टीमा नलागी स्वातन्त्र बामपन्थीका रुपमा राजनीतिमा सक्रिय रहने बताएका छन् ।
छेटु शेर्पा, संखुवासभा

