थप समाचारशुक्रबार, कार्तिक ८, २०७०
एमाओवादी उम्मेदवारमाथि आक्रमण
८ कात्तिक विहान साढे तीन बजे ताप्लेजुङको मेहेले गाविसमा बास बसेका एमाओवादी क्षेत्र नं. १ का उम्मेदवार सञ्चपाल मादेन, जिल्ला सचिव खेलप्रसाद बुढाथोकी, सहसचिव काजीमान भट्टराई, बाइसीएल इञ्चार्ज तारा भट्टराई लगायतमाथि मोहन वैद्य नेतृत्वको माओवादी र लिम्बुवानका करिव ३० जनाभन्दा बढी कार्यकर्ताले आक्रमण गरेको एमाओवादी ताप्लेजुङका सहसचिव फुन्साले लिम्बुृले बताएका छन् ।
आक्रमणमा परी उम्मेदवार सञ्चपाल मादेन, सहसचिव काजी भट्टराई र बाइसीएल तारा भट्टराई गंभीर घाईते भएको माओवादीले जनाएको छ ।
घाईतेहरुलाई जिल्ला अस्तपाल ताप्लेजुङ लगिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले घटना स्थलमा प्रहरी निरीक्षकको टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

