समाचारशुक्रबार, कार्तिक ८, २०७०

वाईसीएल इञ्चार्जसहित २५७ जना एमालेमा प्रवेश

हिमालखबर

झापा ६ का वाइसीएल इञ्चार्ज मिताब सुब्बा एमालेमा प्रवेश गरेका छन् ।

८ कात्तिकमा एमाले झापा ६ का संबिधानसभा सदस्य उम्मेद्वार दिपक कार्कीको हातबाट टीका लगाएर एमाओवादीको युवा दस्ता वाईसीएलका झापा क्षेत्र नं. ६ इञ्चार्ज मिताब सुब्बा, सुमीत नेपाली, दिपेन नेम्वाङ, पर्शुराम लावती, कमल अधिकारी लगायत २५ जना एमालेमा प्रबेश गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ७ को धरमपुरका पूर्व उपप्रधानपञ्च एवम् नेपाली कांग्रेसका स्थानीय नेता शेरबहादुर राई पनि एमालेमा प्रवेश गरेका छन् । राई र एमाओवादीका ३२ जना कार्यकर्ता साथै अन्य राजनीतिक दलका र स्वतन्त्र गरी दुईसय जनालाई एमाले नेता केपी ओलीले ८ कात्तिकमै आयोजित सभामा विधिवतरुप एमालेमा प्रवेश गराएका हुन् ।

धरमपुरमा एमाओवादी, नेपाली कांग्रेसलगायतका पार्टी र स्वतन्त्र व्यक्तिहरु गरी दुई सयबढी एमालेमा प्रवेश गरेको नेकपा एमाले निर्वाचन परिचालन कमिटी झापाले जानकारी दिएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>