समाचारशुक्रबार, कार्तिक ८, २०७०

लेखीको दलले तराईमा ‘बहुप्रदेश अभियान’ चलाउने

हिमालखबर

राजकुमार लेखी नेतृत्वको राष्ट्रिय नागरिक पार्टी केन्द्रीय सचिवालयको ८ कात्तिकमा बसेको बैठकले तराईलाई ‘एक मधेस एक प्रदेश’ बनाउने योजनाविरुद्ध ‘तराईमा बहुप्रदेश अभियान’ चलाउने निर्णय गरेको छ ।

अभियानका लागि पार्टीका अध्यक्ष राजकुमार लेखीको नेतृत्वमा कविराज राई, राजकुमार रेग्मी र कमल चौधरी रहेको टोली तराईका विभिन्न जिल्लामा खटिने भएको छ ।

अभियानमा विभिन्न राजनीतिक दलका उम्मेदवार, बुद्धिजीवी, पत्रकार, अधिकारकर्मी, युवा विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकसँग भेट गरी बहुप्रदेश अभियानलाई समर्थन गर्न आह्वान गरिने सो पार्टीद्वारा ८ कात्तिकमा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा एउटै प्रदेश वा थोरै प्रदेश बनाएर तराईमा संघीयताका नाममा एकात्मक शासन चलाउने मधेशी नेताहरुको स्वार्थलाई ठूला भनिएका दलहरुले पनि घुमाउरो रुपमा समर्थन गरेकोमा चिन्तित भएको अध्यक्ष लेखीले उल्लेख गरेका छन् ।

लेखीको पार्टीले ४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा सहभागी नहुने तर, बहिष्कार पनि नगर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>