समाचारशुक्रबार, कार्तिक ८, २०७०
साम्प्रदायिक र क्षेत्रीयलाई भोट नदेऊ: विजुक्छे
नेपाल मजदूर किसान पार्टी कास्कीले ८ कात्तिकमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष बिजुक्छेले जातीय पहिचानको आधारमा प्रदेश बनाउने र एक मधेश एक प्रदेश भन्ने राजनीतिक दललाई मतदान नगर्न मतदातासँग आग्रह गरेका छन् ।
अघिल्लो संविधानसभाले ८० प्रतिशत काम पूरा गरेको र २० प्रतिशत मात्रै काम बाँकी रहेकाले त्यति काम पूरा गर्न ६०१ सभासद आवश्यक नपर्ने जिकीर गर्दै विजुक्छेले मुख्यमुख्य पार्टीका करिब १०० जना संविधानसभा सदस्य भएमा पनि बाँकी काम पूरा हुने दाबी गरे ।
चुनावमा जथाभावी रकम बाँड्ने, साम्प्रदायिकता पैmलाउने, झुठ्ठा आश्वासन दिने जुनसुकै पार्टीको उम्मेदवार भए पनि त्यस्तालाई मत नदिन उनले आग्रह गरे ।
अध्यक्ष बिजुक्छेले नेकपा–माओवादीप्रति लक्षित गर्दै भने, “चुनाव बहिस्कार गर्ने आफ्नो प्रजातान्त्रिक अधिकार हो तर अरुको मतदान गर्ने अधिकार हनन् गर्न पनि पाइदैन ।
रासस
