समाचारशनिबार, कार्तिक ९, २०७०

निर्वाचन सामाग्री जलाउने माओवादीविरुद्ध मुद्दा

हिमालखबर

इलामको महमाइमा लगिएको निर्वाचनसम्बन्धी पोस्टर, पम्प्लेट जलाउने चुलाचुली–१ का तुला भनिने सुकबहादुर राई, चुलाचुली–८ का न्युनसन राई र महमाइ –८ का दीपक विश्वकर्मा (सेञ्चुरी) माथि प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।

७ कात्तिकमा महमाइमा लैजाँदै गरिएको प्रशिक्षण सामग्री उनीहरूले खोसेर जलाएका थिए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरी म्याद थपसमेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै चुनावी सभा बिथोल्न खोज्ने एकतप्पाका दुई जना मञ्च संबद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>