समाचारशनिबार, कार्तिक ९, २०७०

भारतीय सहयोगका सवारी साधनहरु सीमामा

हिमालखबर

भारतले ८४७ वटा सवारी साधनहरु दिने प्रतिवद्धता जनाए अनुसार ८ कात्तिक साँझसम्म रक्सौलमा महिन्द््रा एण्ड महिन्द्रा कम्पनीका ६६६ वटा गाडी आइपुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बाँकी सवारीसाधनहरु पनि केही दिनभित्रै आइपुग्ने बुझिएको छ ।

भारतबाट प्राप्त हुने सवारी साधनमध्ये निलो, खैरो र हरियो रङगका स्कपिर्यो कम्पनीका एसयुभी डबल क्याबिन ३८२ वटा, स्कपिर्यो विन्डो २४ वटा, बोलेरो एलएक्स ९३ वटा, बोलेरो क्याम्पर १२२ वटा, थार ४४ वटा सीमा नाकासम्म आइपुगेका हुन् ।

यी सवारी साधनहरु जनपद, सशस्त्र र नेपाली सेनाले निर्वाचनमा प्रयोग गर्नेछन् । भारतले उपलब्ध गराएका यी सबै सवारी साधनहरु आगामी वुधवारसम्म वीरगञ्ज भन्सारबाट जाँचपास लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल भित्रिनेछन् ।

बिम्मी शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>