समाचारशनिबार, कार्तिक ९, २०७०
एमाओवादीका बागी उमेद्वार एमालेमा
९ कात्तिकमा नवलापरासीमा आयोजित कार्यक्रममा एमाओवादीका स्थानीय नेता एवम् क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार रामकान्त अर्यालले आफ्नो उम्मेदवारी त्यागेको घोषणा गर्दै एमालेमा प्रवेश गरेका छन् । उनले एमालेबाट क्षेत्र नं १ का उमेद्वार दीपक अधिकारीलाई मतदान गर्न पनि आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन् ।
“एमाओवादी भीरमा पुगेको छ, त्यहाँ अडिन सकिंदैन,” अर्यालले भने “एमाओवादीमा कोही अडिन सक्दैनन् ।”
नवप्रवेशी अर्यालसहितका एमाओवादी नेपाली कांग्रेसका नेता कार्यकर्तालाई एमाले नवलपरासी अध्यक्ष तिलक महतले टिका लगाएर पार्टीमा स्वागत गरे ।
एमाओवादीका नारायण ठकुरी, भोजजकुमार थापा, धनबहादुर कुमाल, प्रेम पुलामी, बुद्ध मस्याङ्गी, कमल महत्तो, धनबहादुर बिश्वकर्मा, हिरा रोकाय, सुरज, थापा, लक्ष्मण महत्तो, बिशाल, अमर थनेत, अनुप पौडेल, सविन श्रेष्ठ, रविन कंडेल, भुवन भट्टराई, कृष्ण थनेतलगायत एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी काँग्रेसबाट एमालेमा १५ जना प्रबेश गरेका छन् ।
विद्रोही गिरी, नवलपरासी
